थप ४६९ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १० हजार २८७ जनामा परिक्षण गर्दा ४६९ जनामा कोरोना संक्रमण देखिएको हो ।   यस्तै, आज थप ५५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४२७  पुगेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ३ : ५४ बजे