‘एउटै नाउरको सिकार गर्न २३ लाख’

राष्ट्रिय किसान आयोगको अध्यक्षमा डा.प्रेम दंगाल नियुक्त

काठमाडौं । राष्ट्रिय किसान आयोगको अध्यक्षमा डा. प्रेम दंगाल नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. दंगाललाई चारबर्षका लागि नियुक्त गरेको हो । त्यस्तै आयोगको सदस्यहरुमा जिवन्ती पौडेल, सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, टेक बहादुर वोगटी (सहकारी), पुष्पा भुसाल (बिज्ञ सदस्य) मा नियुक्त हुनुभएको नवनियुक्त अध्यक्ष दंगालले बताउनुभयो ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष तथा सदस्य नियुक्तीको लागि  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवेदनबाट स्वीकृत नामहरू मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । रिक्त रहेका पदमा मन्त्रालयले परिषद् अन्र्तगतका विभिन्न सार्वजनिक निकायका पदाधिकारी तथा किसानहरूको नाम गत बिहीबार नियुक्तीको लागि सिफारिस गरेको थियो ।

किसान आयोगमा कुल पाँच पदाधिकारी सदस्य रहँदै आएका छन् । जस मध्य एक अध्यक्ष, किसानतर्फ एक महिलासहित अन्य दुई सदस्य, सहकारीमा आवद्ध एक किसान सदस्य तथा कृषि विज्ञ सदस्य एक गरी पाँच सदस्य रहने व्यवस्था छ । अध्यक्ष दंगालले यसअघि यूवा तथा स्वरोजगार कोसको कार्यकारी उपाध्यक्ष भएर काम गरिसक्नुभएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १ : ४३ बजे