प्रतिवद्धता तोड्दै न्यायाधीश : बन्दीका मुद्दा फेरि हेरेनन्

काठमाडौं । बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाई गर्ने बताएका सर्वोच्च अदालतका न्यायाधीशहरुले २४ घन्टा नबित्दै प्रतिवद्धता तोडेका छन् । 

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका न्यायाधीश र प्रधानन्यायाधीशबीच बन्दीका मुद्धा सुनुवाइ गर्ने सहमति बनेको थियो । 

प्रधानन्यायाधीशले आफुलाई मुद्दा नतोक्ने, बन्दी बाहेकका मुद्दाको पेसी नराख्ने सहमति भएपछि हिजो न्यायाधीशहरुले बन्दीका निवेदनमा सुनुवाइ गरेका थिए । 

तर आज भने उनीहरुले हिजोकै जस्तो प्रकृतिका मुद्दामा सहभागिता जनाएनन् । एक न्यायाधीशका अनुसार न्यायाधीशहरुको आन्तरिक छलफल र प्रधानन्यायाधीशको अडानका कारण इजलासमा नजाने निर्णय भएको हो । 
जबराले आफुबाहेक आजका लागि ६ वटा इजलास गठन गर्दै १० वटा बन्दीका रिट सुनुवाईका लागि पेसी तोकेका थिए । 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  २ : २५ बजे