प्रधानन्यायधीशले भने,‘राजीनामाबाहेक सबै विषयमा छलफल गर्न तयार छु’ 

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कुनै हालतमा राजीनामा नदिने स्पष्ट पार्नुभएको छ। उहाँले असन्तुष्ट पक्षका तीन न्यायाधीशहरुसँग छलफलका क्रममा राजीनामाबाहेकको विषयमा छलफलको प्रस्ताव लिएर आउन भनेको बुझिएको छ ।

स्रोतका अनुसार न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार सिंहसँगको भेटमा प्रधानन्यायाधीश जबराले न्यायपालिकामा के के सुधारका काम गर्न सकिन्छ र कसरी आमूल परिवर्तन गर्न सकिन्छ भन्ने प्रस्ताव लिएर आउन भनेका छन् । तर, उहाँले राजीनामा नदिने स्पष्ट पार्दै त्यसबाहेक आफूले के के गर्नुपर्ने सुझावसहित आउन भन्नुभएको हो ।

आफू न्यायापालिकामा व्यापक सुधारको पक्षमा विगतमा नै भएको र त्यसमा साथ दिन पनि आग्रह गर्नुभयो । मापदण्ड बनाएर न्यायाधीशहरुलाई पेशीमा राख्ने देखि जिम्मेवारी दिने विषय पनि जबराले राख्नुभएको थियो । प्रधानन्यायाधीश जबराले आज पनि न्यायाधीशहरुसँग छलफल गर्दैहुनुहुन्छ । उहाँमाथि सर्वोच्चका न्यायाधीश देखि नेपाल बार एशोशिएसन, सर्वोच्च बारले राजीनामाको दबाब दिइरहेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ११ : ०६ बजे