‘एउटै नाउरको सिकार गर्न २३ लाख’

खिमलाललाई समर्थन गर्नबाट पछि हट्यो माधव समुह 

हेटौडा । राष्ट्रिय सभाको उपनिर्वाचनका लागि खिमलाल देवकोटालाई समर्थन गर्ने कदमबाट माधव नेपाल पक्ष पछि हटेको छ ।
केहीबेर अघि एमाले पृष्ठभूमीका देवकाटाले उम्मेद्वारी दर्ता गर्दा माधव पक्षीय नेताहरु उपस्थित हुनुभएन । माधव नेपालले प्रस्ताव गरेर हिजो उम्मेदबार हुनुभएका देवकोटाको प्रस्तावक माओवादी केन्द्रका प्रदेश सभा सदस्य शालिकराम जमरकटेल हुनुहुन्छ भने समर्थक काँग्रेसकी प्रदेशसभा सदस्य राधा घले हुनुहुन्छ ।

एमालेको आन्तरिक विवाद मिल्दै जाँदा देवकोटालाई समर्थन गर्ने कदमबाट माधव पक्ष पछि हटेको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १ : ०२ बजे