‘एउटै नाउरको सिकार गर्न २३ लाख’

राष्ट्रियसभा उपचुनावमा बादल बने एमालेको उम्मेदवार, दर्ताका लागि हेटौंडा जाँदै

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको उपचुनावमा गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाएको छ ।

स्थायी कमिटीको अनौपचारिक बैठकपछि गृहमन्त्री थापा उम्मेदवारी मनोनयनका लागि वागमती प्रदेशको राजधानी हेटौंडातर्फ लागेका छन् ।

आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेपछि एमालेले बादलाई उम्मेदववार बनाएको हो। माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डा.खिमलाल देवकोटालाई उठाउने निर्णय गरेको छ। मनोनयन दर्ता अहिले विहान १० बजेदेखि ४ बजेसम्म तोकिएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  १२ : २२ बजे