मुख्यमन्त्री आचार्यको राजीनामा स्वीकृत, नयाँ सरकार बनाउन भोलि १ बजेसम्मको समय

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफ्नो पदबाट दिनुभएको राजीनामा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले स्वीकृत गर्नुभएको छ ।
भदौ १० गते मुख्यमन्त्री नियुक्त हुनुभएका आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने सम्भावना नरहेपछि आज प्रदेशसभामै राजीनामा घोषणा गर्नुभएको थियो ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख प्यासीले मंगलबार १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गर्नुभएको छ ।  प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी विमल पौडेलले दिएको जानकारी अनुसार आचार्यको राजीनामा स्वीकृत गरे लगत्तै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ४ : १४ बजे