थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ११ हजार ६६४ जनामा परिक्षण गर्दा ५३३ जनामा कोरोना संक्रमण देखिएको हो ।   यस्तै, आज थप ४९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४१६  पुगेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ४ : ०६ बजे