भाइटीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौ – नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले यस वर्षको भाइटीकाको उत्तम साइत २० गते शनिबार बिहान ११ बजेर २ मिनेटमा लगाउनको लागि समय निर्धारण गरिएको जनाएको छ ।

उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिने समितिका अध्यक्ष कृष्ण अधिकारीले बताए। मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका लगाउन उनले सुझाव दिए । यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ ।  बुधबारबाट यमपञ्चक सुरु हुँदैछ । तर, भाइटीकाको साइतमात्र सार्वजनिक गरिएको हो ।

यसपालिको तिहार पर्सिदेखि सुरु हुँदैछ । यसपालि तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको छ ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १२ : ५० बजे