दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य तोलामा एक सय रुपैयाँले उकालो, चाँदीको पनि बढ्यो

काठमाडौं – साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएकोमा साेमबार एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

साेमबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार एक हजार २४० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ६७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ । 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ११ : ५९ बजे