साफ यू–१७ च्याम्पियनसिप आजदेखि

लिम्चुङबुङका ४१ महिलामा पाठेघरको समस्या

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा तेस्रो लिङ्गीसहित ४१ जना महिलाको पाठेघरमा समस्या पाइएको छ ।

लिम्चुङबुङ गाउँपालिका महिला शाखाको आयोजना र ओरेक नेपालको सहकार्यमा सञ्चालित महिलाको पाठेघर खस्ने समस्या, यौनजन्य रोग तथा पाठेघरको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा यस्तो समस्या भेटिएको हो ।

महिलाको पाठेघरमा हुने क्यान्सरबाट बचाउने उद्देश्यले आयोजित शिविरमा गाउँपालिकाका पाँच वटै वडामा सञ्चालन गरिएको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले जानकारी दिनुभयो । 

महिलाको बच्चा दानीको सुरक्षा गर्न गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर गरी २ सय ४५ महिलाको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष राईले बताउनुभयो ।

स्कृनिङ गरिएको मध्ये तेस्रो लिङ्गीसहित ४१ मा जटिल किसिमको समस्या भेटिएको अध्यक्ष राईले जानकारी दिनुभयो।

शिविरमा पत्ता लागेका जटिल खालका बिरामी महिलालाई पहिलो चरणको उपचार स्वरूप ‘रिङ प्रेसरी’ लगाउने काम गरिएको छ । क्यान्सर लाग्न लागेको पत्ता लागेका बिरामीको शल्यक्रिया गर्न अस्पतालमा पठाउने उपाध्यक्ष राईले बताउनुभयो ।

पाठेघरमा क्यान्सरजस्तो रोग लागेमा उपचार नहुने भएकाले बेलैमा परीक्षण गर्न शिविरको आयोजना गरिएको थियो ।

जिल्ला अस्पताल उदयपुरको प्राविधिक सहयोगमा उदयपुर जिल्ला अस्पतालकी प्रसूति प्रमुख छबित्रा राई नेतृत्वको स्वास्थ्य टोलीले शिविरमा उपचार गरिएको थियो । 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : १२ बजे