साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पहिलो हाफमा लेबनानलाई १–० को अग्रता

काठमाडौं – एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगितामा नेपालविरुद्ध पहिलो हाफमा लेबनानले १–० को अग्रता बनाएको छ । 

रिपब्लिकन सेन्ट्रल स्टेडियम जारी खेलको २६ मिनेटमा गोल गर्दै लेबनानले नेपालविरुद्ध १–० को अग्रता बनाएको थियो । 

लेबनानसँगको खेलमा नेपाली टोलीको कप्तानी नियमित गोलरक्षक अर्पण कार्कीले गरेका छन् ।

नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाईं मात्र हुनेछ । दुबै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ५ : ४७ बजे