थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि,८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ७ हजार ८९९ जनामा परिक्षण गर्दा ४०८ जनामा कोरोना संक्रमण देखिएको हो ।   यस्तै, आज थप ५१८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४०७  पुगेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ४ : ०४ बजे