असन बजारमा तिहारको चहलपहल (फोटोफिचर)

काठमाडौं। तिहार नजिकिएसँगै बजारहरुमा मानिसहरुको भीड लाग्न थालेको छ। काठमाडौंको निकै अस्तव्यस्त रहने बजार असनमा पनि तिहारका लागि चाहिने सामाग्रीहरु बिक्रीवितरण हुन थालिसकेको छ।

व्यापारीहरुले विशेष गरेर भाइटीकाको दिन आवश्यक पर्ने भाइ मसाला, मखमली फूलको माला, ओखर, सप्तरंगी टीका, दियो लगायतका सामाग्री बिक्रिका लागि राखिसकेका छन्। कोरोनाभाइरस संक्रमणको जोखिम कायमै रहेपनि किनमेलका लागि  बजारमा भीड बढन थालेको छ ।

तस्विरः युवराज ढुंगेल

​​​​​​​

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ३ : ३४ बजे