साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

आर्यन खानको रिहाइलाई रामगोपाल बर्माले मजाकमा उडाए

​​​​​​​काठमाडौं – बलिउड फिल्म निर्देशक तथा निर्माता रामगोपाल बर्माले शाहरुख खानका छोरा आर्यन खान ड्रग्स केसमा धरौटीमा छुटेको विषयलाई मजाकका रूपमा उडाएका छन् । उनले सामाजिक सञ्जालमार्फत आर्यनको मजाक उडाएका हुन् ।

‘हरेक बर्ष तिहारमा एकजना खानको फिल्म रिलिज हुँदै आएको थियो । यो वर्ष पनि एउटा खान रिलिज भएको छ,’ बर्माले ट्विटरमार्फत लेखेका छन् ।

‘सत्या’, ‘रंगीला’, ‘जंगल’, ‘प्यार तुने क्या किया’, ‘कम्पनी’, ‘रोड’, ‘सरकार राज’ जस्ता चर्चित फिल्मका निर्देशक तथा निर्माता वर्मा पछिल्लो समय भने सामाजिक सञ्जालमा अन्टसन्ट ट्विटर तथा स्टाटसका कारण चर्चा र विवादमा परिरहन्छन् । उनले विशेषगरी बलिउड स्टार, स्टारकिड तथा नेताहरूलाई व्यंग्य गर्ने गरेका छन् । यसपटक उनको निशानामा शाहरुखपुत्र आर्यन परे । 

आर्यन शनिबार बिहान जेलबाट रिहा भएर घर गएका थिए । त्यसपछि उनको रिहाइबारे बर्माले ट्विट गरेका हुन् । आफ्नो अभिव्यक्तिका कारण धेरै गाली खाने निर्देशकमा बर्मा पनि पर्छन् । 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ३ : ०३ बजे