आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आजदेखि नेपाल प्रवेश गर्ने भारतीयले अनिवार्य परिचयपत्र देखाउनुपर्ने

नयाँ दिल्ली – भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि सीमामा कडाइ सुरु भएको छ । नेपाल सरकारको अनुरोधबमोजिम भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई सीमामा कडाइ गरिएको भारतीय समाचार संस्था आजतकले जनाएको छ ।

नेपाल र भारतबीचको खुला सिमानाको फाईदा उठाइ अफगानिस्तान, पाकिस्तान, बंगलादेशलगायत तेस्रो देशका नागरिक अबैध ढंगले नेपाल प्रवेश गर्न थालेपछि सीमामा कडाइ गरिएको हो । केही दिनअघि भारतको बाटो हुँदै ११ अफगानी नेपाल प्रवेश गरेका थिए । 

नयाँ व्यवस्थाअनुसार नेपाल आउने भारतीयले सीमा प्रवेश गर्नुअघि नागरिकता, भारतीय आधार कार्ड, चालक अनुमतिपत्र र शैक्षिक परिचयपत्रमध्ये एउटा अनिवार्य देखाउनु पर्छ । अतिवाद नियन्त्रण तथा गैरकानूनी ढंगले नेपाल भित्रिने नागरिकलाई रोक्न परिचय पत्र अनिवार्य गरिएको भारतको सीमा सुरक्षा बलले जनाएको छ । 

यसअघि शनिवार गृहमन्त्री बालकृष्ण खाँडले एक आदेशमा हस्ताक्षर गर्दै नेपाल प्रवेश गर्ने भारतीयमाथि कडाइ गर्न भारतसँग अनुरोध गरेका थिए । 

एजेन्सी

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  २ : ४४ बजे