तिहारलाई लक्षित गर्दै जावलाखेलमा फूल प्रदर्शनी (तस्विरहरु)

ललितपुर । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मुल नारा सहित ललितपुरको जावलाखेलस्थित फुटबल खेलमैदानमा १३ औं गोदावरी फूल प्रदर्शनी सुरु भएको छ। नेपाल फ्लोरिकल्चर एसोसिएसनको आयोजनामा सुरु भएको फूल प्रर्दशनी सोमबारसम्म चल्ने छ। तिहार तथा छठ पर्वलाई लक्षित गरी कार्तिक १२ गतेदेखि पुष्प मेला शुरु भएको हो । 

प्रर्दशनीमा सयपत्री, मखमली, गोदावरी तथा अन्य सिजनल फूलहरु लिएर देशभरकै पुष्प व्यवसायीले सहभागी छन् । जसमा ४ वटा सूचनामुलक र ४४ वटा गरी कुल ४८ वटा स्टल रहेको आयोजकले जनाएको छ ।

मेलामा ३५ हजार जनाले अवलोकन गर्ने र ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । जसमा ५० प्रतिशत अर्थात् २५ लाख रुपैयाँ बराबरको गोदावरी फूलकै व्यापार हुने मेला आयोजकको अनुमान छ । कोरोना भाइरसको संक्रमण जोखिमका कारण गत वर्ष यस्तो प्रर्दशनी हुन सकेको थिएन । तर, यसपटक भने ग्राहक, कृषक र पुष्प व्यवसायीको माग अनुसार न्यूनतम स्वास्थ्य माप दण्डको पालना गर्दै मेला सञ्चालन गरिएको आयोजकले बताएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १ : २९ बजे