दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य तोलामा तीन सयले घट्यो 

काठमाडौं –  साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा आइतबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको हो ।

आइतबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ६२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १९० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

आइतबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार २४० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ६३ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ११ : ३२ बजे