साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि म्याङलुङलाई

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा सञ्चालित पालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधि माङलुङ नगरपालिकाले हात पारेको छ ।

शनिवार भएको फाइनल खेलमा सहिद भूमि गाउँपालिकालाई शून्य विरुद्ध १ गोलले पराजित गर्दै म्याङलुङले उपाधिमाथि कब्जा जमाएको हो  । 

फाइनल खेलको २६औँ मिनेटमा म्याङलुङका मोहन तामाङले गरेको एक मात्र गोलले भाग्य निर्धारण गरेको थियो । म्याङलुङले उपाधिसँगै १ लाख नगद, प्रमाणपत्र, मेडल प्राप्त गरेको छ ।

उपविजेता सहिद भूमिले नगद ५० हजार प्रमाणपत्र र मेडलमा चित्त बुझाएको छ । 

विजेता र उपविजेता टिमलाई लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता ७ कात्तिकबाट सुरु भएको थियो ।  

प्रतियोगितामा तेह्रथुमसहित धनकुटा,सङ्खुवासभा, मोरङका ११ पालिकाको सहभागिता थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ८ : ३५ बजे