दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा ८ सय १४ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान  

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले ८ सय १४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

बैङ्कले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो ।

सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् । 

बैङ्कले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उप प्रबन्धकका लागि विज्ञापन आह्वान गरेको छ ।  

वाणिज्य बैङ्कले सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा ठुलो सङ्ख्यामा कर्मचारी मागेको हो ।  

योग्यता पुगेका इच्छुक उम्मेदवारले मङ्सिर ५ गते भित्र दरखास्त दिइसक्नुपर्नेछ ।

 

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ८ : २५ बजे