विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

 लागु औषधसहित तीन जना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका–१ बुद्ध मार्गबाट खैरो हिरोइन (लागु औषध) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

धनगढी उपमहानगरपालिका–८ का आदर्श कुँवर, सोही ठाउँका वसन्त चौधरी र हिमाल शाहीलाई चार ग्राम १०० मिलिग्राम लागु औषधसहित पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।

शङ्कास्पद रूपमा हिँडिरहेका उनीहरूमाथि शङ्का लागि जाँच गर्दा निजहरूको साथबाट उक्त लागु औषध फेला पारी बरामद गरिएको प्रनाउ विष्टले बताउनुभयो । 

निजहरू तीनै जनामाथि लागु औषध खैरो हिरोइन मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान  भइरहेको बताइएको छ । रासस

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ८ : ०१ बजे