साफ यू–१७ च्याम्पियनसिप आजदेखि

टी–ट्वान्टी विश्वकप क्रिकेट : इंग्ल्याण्डको लगातार तेस्रो जित

काठमाडौँ । इंग्ल्यान्डले आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ ।

शनिवार  सुपर–१२ को समूह–१ मा रहेको इंग्ल्यान्डले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । जितका लागि १२६ रनको  लक्ष्य पछ्याएको इंग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेटको क्षतिमा १२६ रन बनायो ।

इंग्ल्यान्डको जितमा ओपनर जस बटलर ७१ रनमा अविजित रहे । अर्का ओपनर जेसन रोयले २२ रन बनाए । यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया निर्धारित २० ओभरमा १२५ रनमा अल आउट भयो ।

अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रनको योगदान दिए । इंग्ल्यान्डका  क्रिस जोर्डनले  सर्वाधिक ३ विकेट लिए । टाइमल मिल्सले २, आदिल राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।

इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट र बङ्गलादेशलाई ८ विकेटले हराएको थियो । 

अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो खेलमा श्रीलङ्कालाई ७ विकेटले पराजित थियो । सुपर–१२ को समूह–१ मा इंग्ल्यान्डले ३ खेलमा ३ जितका साथ ६ अङ्क जोड्दै शीर्षस्थानमा छ । 

अष्ट्रेलिया ३ खेलमा २ जित र १ हार सहित ४ अङ्कका साथ दोस्रो स्थानमा छ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : ३७ बजे