मौसम : प्रदेश १, बागमती र गण्डकीमा आज वर्षाको सम्भावना

काठमाडौँ ।  मुलुकका केही स्थानमा आज वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ । राति प्रदेश १, बागमती र गण्डकीमा वर्षाको आँकलन गरिएको छ ।  

सोमबार पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सोमबार राति प्रदेश १, गण्डकी र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक १४ गते (आइतबार)
​​​​​​​दिउँसो:
देशको पहाडी भू–भागमा आंशिक बदली  तथा बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 

प्रदेश  नं १, बागमती  प्रदेश  र  गण्डकी  प्रदेशको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली  रहने छ।

प्रदेश  नं १, बागमती  प्रदेश  र  गण्डकी  प्रदेशको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका  एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

२०७८ कार्तिक १५ गते (सोमबार)
दिउँसो:
देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका  एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ ।

प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका  एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ कार्तिक १६ गते (मङ्गलवार)
दिउँसो:
देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

पहाडी भू–भागका एक–दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ  भने उच्च पहाडी तथा हिमाली भू–भागका  एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । 

प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : २८ बजे