साफ यू–१७ च्याम्पियनसिप आजदेखि

दक्षिण अफ्रिकाको रोमाञ्चक जित

काठमाडौं – दक्षिण अफ्रिकाले आइसिसी टी- ट्वान्टी  विश्वकप क्रिकेटमा श्रीलंकामाथि चार विकेटको जित हात पारेको छ ।

जितको लागि १४३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको हो ।

दक्षिण अफ्रिका कप्तान टेम्बा बभुमाले सर्वाधिक ४६ रनको योगदान दिए ।  डेविड मिलर २३ रनमा अविजित रहे ।

श्रीलंका स्पिनर वानिन्दु हसरंगाले चार ओभरमा ह्याटि्रक सहित  २० रन खर्चेर तीन विकेट लिए । दुश्मन्था चामिराले दुई विकेट लिए ।

यसअघि शारजाहमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा १४२ रनमा अल आउट भएको थियो ।

श्रीलंकाका पाथुम निसांकाले सर्वाधिक ७२ रनको योगदान दिए ।

दक्षिण अफ्रिका स्पिनर तबरेज शाम्सी, ड्वेन प्रिटियोरेसले समान तीन विकेट लिए ।

यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा अष्ट्रेलियासँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा वेस्टइन्डिजलाई आठ विकेटले हराएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ८ : ३१ बजे