साफ यू–१७ च्याम्पियनसिप आजदेखि

थप ३७२ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौँ।  देशभर पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार ९११ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । 

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १२ हजार ९९४ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९४ हजार ५०३ छ । पछिल्लो समय थप ९११ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९१ हजार २६९ पुगेको छ । निको हुने दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

थप ११ मृत्यु 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३९९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ११ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिले यस रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय एक लाख ७३ हजार ५९ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ५२६ रहेको छ । त्यसैगरी होम आइसोलशनमा आठ हजार ७४६, संस्थागत आइसोलेशनमा ७८०, आइसीयूमा २३४ र भेन्टिलेटरमा ६८ जनाले उपचार गराइरहेका छन् ।
 

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ५ : ४१ बजे