साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आइसिसी टी–२० विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित 

काठमाडौँ । पाकिस्तानले आइसिसी टी–२० विश्वकपमा लगातार तेस्रो जित हात पारेको छ । 

शुक्रवार भएको सुपर–१२ को समूह–२ को खेलमा पाकिस्तानले अफगानिस्तानलाई पाँच विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो ।

जितका लागि १४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनाएको हो । 

पाकिस्तानको जितमा ओपनर तथा कप्तान बाबर आजमले सर्वाधिक ५१ रनको योगदान दिए । आसिफ अली २५ रनमा अविजित रहे । 

अफगानिस्तानका राशिद खानले ४ ओभरमा २ विकेट लिए । मुजिब उर रहमान र मोहम्मद नाबी र नविन उल हकले समान १–१ विकेट लिए ।

यसअघि आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन बनायो । 

अफगानिस्तानका कप्तान मोहम्मद नाबी ३५ रनमा अविजित रहे । गुलबदीन नईब ३५ रनमा अविजित रहे ।

पाकिस्तानका स्पिनर ईमाद वासिमले  २ विकेट लिए । शाहिन शाह अफ्रिदी, हसन अली, शादब खान, हरिस रौफले १–१ विकेट लिए ।

पाकिस्तानले पहिलो खेलमा भारतलाई १० विकेट र दोस्रो खेलमा  न्युजिल्यान्डलाई ५ विकेटले हराएको थियो । 

तेस्रो जितबाट ६ अङ्क बनाउँदै समूह-२ मा पाकिस्तान शीर्ष स्थानमा रहेको छ । तेस्रो जितसँगै पाकिस्तानको सेमिफाइनल यात्रा सहज बनेको छ । 

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ७ : ३२ बजे