दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भीमफेदी–कुलेखानी सडकखण्डमा तीन दिन सवारीसाधन अवरुद्ध हुने

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ ।

 हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने भएको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ देखि कात्तिक १५ गतेसम्म दैनिक तीन दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारीसाधन अवरुद्ध हुने जानकारी गराएको हो ।

 निर्देशनालयका निमित्त निर्देशक डा सहदेव भण्डारीका अनुसार भीमफेदी गाउँपालिका–६ जुरीखेतदेखि चिसापानीगढी बीचको एघार घुम्ती क्षेत्रमा सडक साँघुरो, उच्च ग्रेडियन्ट तथा घुम्ती क्षेत्रमा अष्फाल्ट कङ्क्रिट पेभमेन्ट कार्य हुने भएकाले तीन दिन ४ घण्टा सबै प्रकार (सुमो, मोटरसाइकल, स्कुटर, बस, ट्र्याक्टर आदि) का सवारी साधनमा रोक लगाउने भनिएको छ ।  

 साथै निर्देशनालयले जारी गरिएको सूचनामा सम्पूर्ण सवारी साधनहरूको आवतजावत बन्द गर्नका लागि सम्बन्धित निकायहरूमा समन्वय गरी निर्माणमा सहयोग पु¥याइदिन सबैलाई आग्रहसमेत गरेको छ । 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ४ : ४४ बजे