‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अवैध सुन जस्तो देखिने धातुको टुक्रा र बाला सहित पक्राउ

काठमाडौं – अवैध रुपमा लुकाई छिपाई ल्याएको १ थान सुन जस्तो देखिने धातुको टुक्रा र १ थान बाला सहित २ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ एरियाबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका-५ स्थायी वतन भएका ३३ वर्षीय रमेश सापकोटा र सिन्धुली सुनकोशी गाउँपालिका-८ स्थायी वतन भई काठमाडौं कपन बस्ने २८ वर्षीय निर्दोश कुमार थिङ रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका राहदानी नम्बर ०९०२६३०८ वाहक सापकोटाले टर्च लाईटभित्रको ब्याट्रिभित्र फल्स बटम बनाई र ल्यापटप ब्यागभित्र लुकाई अबैध रुपमा भन्सार छली ल्याएको उक्त टुक्रा तथा बाला संकलनको लागि उभिएका निर्दोश कुमार थिङलाई दिँदै/लिदै गरेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई उक्त टुक्रा र बाला सहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर ले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ५ : ०३ बजे