साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रहेनन् कन्नड स्टार पुनित 

काठमाडौं – कन्नड सुपरस्टार अभिनेता पुनित राजकुमारको हृदयघातका कारण निधन भएको छ । उनको निधन ४६ वर्षको उमेरमा बैंगलुरूस्थित बिक्रम हस्पिटलमा बिहीबार भएको हो । जिममा रहेका पुनित अचानक ढलेपछि उनलाई तत्काल हस्पिटल लगिएको थियो । उनको उपचारमा संलग्न डाक्टर रंगनाथ नायकद्वारा जारी स्टेटमेन्ट अनुसार उनलाई छातीमा दुखाइ भएपछि ११ बजेर ३० मिनेटमा अस्पताल ल्याइएको थियो । उहाँलाई अस्पतालमा ल्याउँदा अवस्था बिग्रिसकेको थियो ।

शिव राजकुमारका दाई समेत रहेका पुनितले सन् १९७६ बाट बाल कलाकारको रुपमा अभिनय सुरू गरेका थिए । उनको गत अप्रिलमा युवराथना नामक फिल्म रिलिज भएको थियो । जेम्स नामक उनको फिल्म छायांकन भरहेको छ । पुनितको मृत्युको खबर सार्वजनिक भएसँगै कलाकारहरूले सामाजिक संजालमार्फत श्रद्धान्जली व्यक्त गरिरहेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ४ : ०८ बजे