‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २५ गते पार्टी संसदीय दलको बैठक बोलाएको छ । 

संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से कक्षमा अपराह्न २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को आगामी बैठकमा लिइने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो । सो विषयमा पनि संसदीय दलको बैठकमा छलफल हुने उहाँले जानकारी दिनुभयो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नुभएकाले यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ६ : २९ बजे