दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एभरेष्ट बैंकको १० दशमलव ४२ प्रतिशत लाभांश घोषणा

काठमाडौं – एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई १० दशमलव ४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज (१२ कात्तिक) बसेको संचालक समितिको बैठकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित चार दशमलव ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउने छन् । हाल चुक्ता पुँजी आठ अर्ब ८९ करोड ३७ लाख १७ हजार रुपैयाँ रहेको बैंकको लाभांश वितरणपश्चात् चुक्ता पुँजी नौ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ पुग्नेछ । 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १ : ०२ बजे