दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

यी हुन् विश्वका १० उत्कृष्ट सहरहरु

सिड्नी – चर्चित ट्राभल गाईड बुक पब्लिसर लोन्ली प्लानेटले सन् २०२२ का लागि न्युजिल्यान्डको अकल्यान्डलाई विश्वकै उत्कृष्ट सहरको रुपमा छनौट गरेको छ । 

लोन्ली प्लानेटले तयार पारेको विश्वका घुम्नलायका उत्कृष्ट सहरहरुको सूचीमा ताइवानको राजधानी ताइपेय दोस्रो स्थानमा परेको छ । ताइवानलाई चीनले आफ्नो एउटा अलग्गै राज्यको रुपमा व्यवहार गर्छ । तर, ताइवानले आफूलाई स्वतन्त्रत राज्य मान्दै आएको छ । 

त्यस्तै, जर्मनीको फ्रिबर्ग र अमेरिकाको एटलान्टा सहर लोन्लीको तेस्रो र चौथो सूचीमा परेका छन् ।  सन् २०२२ मा यात्रा गर्नका लागि सुझाएको १० उत्कृष्ट सहरमा  नाइजेरियाको लाओस र साइप्रसको लेफकोसिया क्रमशः पाचौं र छैटौं स्थानमा छन् ।

त्यसैगरी, आइरल्यान्डको डब्लिन र मेक्सिकोको मेरिन्डा सातौं र आठौं नम्बरमा छन भने इटालीको प्रसिद्ध फ्लोरेन्स सहर नवौ स्थानमा छ । दक्षिण कोरियाको ग्याओजियु सहर लोल्नीको दशौ उत्कृष्ट सहरमा परेका छन् ।

लोल्नी प्लानेटको सूचीमा परेका विश्वका १० उत्कृष्ट सहरहरु :
१. अकल्यान्ड
२. ताइपेय
३. फ्रिबर्ग
४. एटलान्टा
५. लाओस
६. लेफकोसिया
७. डब्लिन
८. मेरिन्डा
९. फ्लोरेन्स
१०. ग्याओजियु 

एजेन्सी

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १२ : १६ बजे