दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

घट्यो सुनको मूल्य

काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार चार सय रुपैयाँ कायम भएकोमा आज चार सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो ।

छापावाल सुन प्रति १० ग्राम ७८ हजार आठ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार चार सय ४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

आज चाँदीको मूल्यमा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय ४५ रुपैयाँ कायम भएको छ । हिजो बिहीबार चाँदीकाे मूल्य प्रतितोला एक हजार दुई सय ५० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ६७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ । 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ११ : ४५ बजे