प्रधानन्यायाधीशविरुद्ध उभिनुभएका न्यायाधीशहरूले आज पनि इजलास बहिस्कार गर्ने

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध उभिनुभएका सर्वोच्च अदालतका न्यायाधीशहरुले आज पनि इजलास बहिस्कारलाई निरन्तरता राख्ने हुनुभएको छ ।

प्रधानन्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने माग गर्दै आउनुभएका सर्वोच्चका न्यायाधीशहरूआज पनि आन्तरिक छलफलमा रहने बताउनुभएको छ । 

न्यायाधीशहरू यसअघि प्रधानन्यायाधीशले तोक्नुभएको पेसी र इजलासमा बस्नुभएको छैन।  तर, आफू पक्षीय केही न्यायाधीशसहित इजलासमा जाने रणनीतिमा प्रधानन्यायाधीश हुनुहुन्छ ।  

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनको बैठक पनि आज बस्दै छ । 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  १० : ३७ बजे