साफ यू–१७ च्याम्पियनसिप आजदेखि

ललितपुरमा ७४ वर्ष माथिका जेष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप लगाइने

ललितपुर । ललितपुर महानगरपालिका भित्र ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप दिइने भएको छ । 

मुलुकमा जाडो बढेसँगै सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन उक्त खोप दिन लागिएको हो ।

७४ वर्ष उमेरका व्यक्तिलाई आइतबारदेखि बुधवारसम्म पहिलो चरणको सो खोप दिइने भएको महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो खोप लगाउन इच्छुक व्यक्तिलाई उमेर खुल्ने परिचयपत्र साथमा लिएर दिउँसो ११ देखि ४ बजेसम्म आ–आफ्नो वडाको खोप केन्द्रमा आउन आग्रह गर्दछु ।” पहिलो दिन सो खोप सात वडा अर्थात् १ देखि ५ हुँदै २८ र २९ मा दिइने थापाले जानकारी गराउनुभयो । 

यसैगरी सोमबार ललितपुरको आठ वटा वडा अर्थात् ६ देखि १३ का ज्येष्ठ नागरिकलाई दिनाका साथै मङ्गलवार सात वडा अर्थात् १४ देखि २० र अन्तिम दिन बुधवार सात वडा अर्थात् २१ देखि २७ का नागरिकलाई दिइने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । 

ललितपुरका २९ वडामा चार दिन सो खोप चल्ने भएको छ । रासस

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : २४ बजे