साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

फेसबुकले गर्‍यो नाम परिवर्तन

काठमाडौँ ।  फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ ।  फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा बनाएको हो।

कम्पनीले सामाजिक सञ्जालभन्दा बढी भर्चुअल रियालिटीजस्ता क्षेत्रमा आफूलाई बिस्तार गरिरहँदा नयाँ नामले आफूले गर्ने गरेको कामलाई विस्तृतमा समेट्ने बताएको छ।

बिबिसीका अनुसार यो परिवर्तन केवल फेसबुक, इन्स्टाग्राम वा ह्वाट्सयापजस्ता कुनै एउटा प्लेटफर्मका लागि लागु हुने छैन । माउ कम्पनीको नाम नै परिवर्तन गरिएको हो।

एक जना पूर्व कर्मचारीले कागजातहरू चुहाएपछि फेसबुकबारे नकारात्मक विवरणहरू आइरहेका बेला कम्पनीले यो नयाँ घोषणा गरेको हो। 

सन् २०१५ मा अर्को ठुलो प्रविधि कम्पनी गुगलले पनि आफ्नो माउ कम्पनीको नाम परिवर्तन गरेर अल्फाबेट बनाएको थियो। फेसबुकका प्रमुख मार्क जुकरबर्गले “मेटाभर्स” बनाउने योजनाहरू सार्वजनिक गर्दै कम्पनीको नयाँ नाम घोषणा गर्नुभएको हो।

मेटाभर्स एउटा यस्तो अनलाइन दुनियाँ हो जहाँ मानिसहरूले भीआर हेडसेटको प्रयोग गरेर काम गर्न, खेल खेल्न वा सञ्चारका लागि प्रयोग गर्न सक्छन्।

उहाँले अहिलेको नामले “सम्भवतः आफूहरूले अहिले गरिरहेको वा भविष्यमा गर्ने सबै कामको प्रतिनिधित्व नगर्ने” भएकाले नाम परिवर्तन गर्नुपरेको बताउनुभयो ।

“समयसँगै, मलाई आशा छ कि हामीलाई मेटाभर्स कम्पनीका रूपमा हेरिन्छ। आगामी दिनमा हामी के बनाउँदै छौँ भन्ने हाम्रो काम र पहिचानबारे म भन्न चाहन्छु”, एउटा भर्चुअल सम्मेलनमा उहाँले भन्नुभयो ।

कम्पनीले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा नयाँ लोगो पनि सार्वजनिक गरेको छ।

जुकरबर्गले भन्नुभयो, “हामी अहिले हाम्रो व्यापारलाई दुई भागमा छुट्याएर काम गर्न खोजिरहेका छौँ। एउटा हाम्रो एपहरूको लागि र अर्को भावी प्लेटफर्ममा हामीले काम गर्न खोजिरहेका छौँ।” 

फेसबुकको लक्ष्य डिजिटल अवतारमार्फत मानिसहरूले छलफल गर्ने भर्चुअल क्षेत्रलाई बिस्तार गर्ने भए पनि कम्पनीले तत्कालै आफ्नो कर्पोरेट संरचनामा भने कुनै परिवर्तन नगर्ने भएको छ । 

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : ०७ बजे