माथिल्लो मनाङमा हिमपात

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । 

तुल्सीलाल अमात्य स्मृति भवनमा आज बिहान ११ बजेपछि बस्ने बैठकले बिहीबार बसेको स्थायी समिति बैठकका निर्णय अनुमोदन गर्ने बताइएको छ ।

त्यसबाहेक बैठकले कात्तिक ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षाका साथै दसौँ राष्ट्रिय महाधिवेशनको बारेमा आवश्यक निर्णय समेत गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो । त्यसलाई अनुमोदन गर्ने कार्य तालिका रहेको एमाले केन्द्रीय कार्यालय सचिव तामाङले जानकारी दिनुभयो । 

एमालेले बाढी पहिरो प्रभावित क्षेत्र बाहेकमा कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन गरिसकेको छ ।  एमालेले १०औँ महाधिवेशनको आयोजना मङ्सिर १० गतेदेखि १२ गतेमा चितवनमा गर्दैछ । 

 

 

 

 

 

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : ४५ बजे