काठमाडौँ । मुलुकका पहाडी भू–भागमा आज वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हिमपातको सम्भावना रहेको छ ।
राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
शनिवार पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ कार्तिक १२ गते (शुक्रवार)
दिउँसो: देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ कार्तिक १३ गते (शनिवार)
दिउँसो : देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती: देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७८ कार्तिक १४ गते (आइतबार)
दिउँसो : प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार ८ : ०७ बजे
प्रतिक्रिया