साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आइसिसी टी–२० विश्वकपमा अष्ट्रेलियाको लगातार दोस्रो जित

काठमाडौँ । डेविड वार्नरको अर्धशतकमा अष्ट्रेलियाले आइसिसी टी–२० विश्वकपमा लगातार दोस्रो जित निकालेको छ ।  

बिहीबार दुबईमा अष्ट्रेलियाले श्रीलङ्कालाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।

जितका लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।  अष्ट्रेलियाको जितमा ओपनर डेविड वार्नरले सर्वाधिक ६५ रनको योगदान दिए ।  आरोन  फिन्चले ३७ रन बनाए । श्रीलङ्काका स्पिनर वानिन्दु हसरंगाले २ र दासुन शनकाले १ विकेट लिए ।

त्यसअघि दुबई टस हारेर ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । श्रीलङ्का चरिथ असालंका र कुशल परेराले सर्वाधिक ३५–३५ रन बनाए ।

अष्ट्रेलियाका  स्पिनर एडम जाम्पा, तीव्र गतिका बलर  कमिन्स,  मिचेल स्टार्कले समान २–२  विकेट लिए । सुपर–१२ को समूह(१ मा इंग्ल्यान्ड २ खेलमा २ जितका साथ ४ अङ्क जोड्दै शीर्षस्थानमा छ । 

अष्ट्रेलिया २ खेलमा समान  ४ अङ्क भए पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ । 

 

 

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ७ : २५ बजे