छुटृाछुटृै सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दमक । झापाको गौरादह– १ स्थित भित्री पक्की सडकमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

उक्त सडकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त ७६८७ नं को ट्र्याक्टरबाट लडेर कनकाई नगरपालिका–६ का ४० वर्षीय गङ्गाबहादुर तामाङको मृत्यु भएको हो । 

गए राति भएको सो दुर्घटनाका घाइते तामाङको  दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको गौरादहस्थित ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

ट्र्याक्टर चालक डम्बरबहादुर कार्कीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।  

त्यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमकमा मे ७ प ७०१० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सो मोटरसाइकलका चालक शिवसताक्षी–७ का ६५ वर्षीय अम्बिका अधिकारी र पछाडि सवार ६३ वर्षीय कृष्णप्रसाद गौतम घाइते भएका र उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

सिटी सफारीलाई जोगाउने क्रममा सो मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ११ : ५७ बजे