दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौँ । नेपालमा सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ ।  

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु  ९२ हजार ४०० तोकिएको छ । पहेँलो धातु बुधवार प्रतितोला रु ९२ हजार कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ९०० रहने छ जसको मूल्य बुधवार ९१ हजार ५०० तोकिएको थियो ।

त्यस्तै चाँदी प्रतितोला रु एक हजार २५०मा कारोबार हुने महासङ्घले जनाएको छ । चाँदी बुधवार प्रतितोला रु एक हजार २५० मा नै कारोबार भएको थियो । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ११ : ३० बजे