माथिल्लो मनाङमा हिमपात

पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको निधन

काठमाडौँ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको आज निधन भएको छ ।

काठमाडौँको मेडिकेयर अस्पतालमा उपचार गराइरहनुभएका पूर्व न्यायाधीश लम्सालको ८४ वर्षको उमेरमा आज बिहान निधन भएको उहाँका भतिजी अमृता लम्सालले जानकारी दिनुभयो।

उहाँमा विगतमा मुटु सम्बन्धी समस्या थियो भने पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो ।

सरकारले सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्न २०५८ मा लम्सालको अध्यक्षतामा एक न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ८ : १३ बजे