काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपराह्न ४ः०० बजे स्थायी कमिटी बैठक बस्न लागेको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
स्थायी कमिटी बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा हुने उहाँले जानकारी दिनुभयो । बैठकले राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्य तालिका तय गर्ने पनि सचिव तामाङले जानकारी दिनुभयो ।
एमालेले बाढी पहिरो प्रभावित क्षेत्र बाहेकमा कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका अधिवेशन गरिसकेको छ । एमालेले १०औँ महाधिवेशनको आयोजना मङ्सिर १० गतेदेखि १२ गतेमा चितवनमा गर्दैछ ।
प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार ८ : ०४ बजे
प्रतिक्रिया