एजेन्सी
न्युयोर्क । संसारकै ठुलो सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको छ ।
विवादबीच फेसबुकले सेप्टेम्बर सम्मको तीन महिनामा ठुलो नाफा कमाएको हो ।
अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७ दशमलव ८ अर्ब डलर थियो । एक पूर्व कर्मचारीले फेसबुकले नाफामुखी भएको र अनैतिक व्यवहार गरेको आरोप लगाइरहँदा उसको नाफा भने बढिरहेको छ ।
एक महिनाअघि पूर्व कर्मचारी फ्रान्सिस् हाउगनले फेसबुकले प्रयोगकर्ताको सुरक्षाभन्दा आफ्नो नाफामा ध्यान दिएको आरोप लगाउनुभएको थियो ।
उहाँले आन्तरिक कागजातको गोप्य चुहावट गर्ने क्रममा फेसबुकले बालबालिकालाई नकारात्मक असर गरेको बताउनुभएको थियो ।
फेसबुकका प्रयोगकर्ता अहिले एक वर्षमा ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेका छन् ।
प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार ७ : १९ बजे
प्रतिक्रिया