साफ यू–१७ च्याम्पियनसिप आजदेखि

थप  ६ सय ७२ जनामा  संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप  ६ सय ७२ जनामा  संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ९ हजार चार सय ९५ जनाको कोरोना परीक्षण गर्दा ६ सय ७२ जनामा कोरोना संक्रमण देखिएको हो ।   यस्तै, आज थप ४ सय ९५ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार तीन सय ७५ जना संक्रिय संक्रमित  रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ४ : ५४ बजे