सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि, ५४ जनाको मृत्यु

काठमाडौं  –  नेपालमा आज थप ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालय अनुसार देशभरमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ९२ हजार ४९० जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।  नेपालमा  सक्रिय संक्रमितहरुको संख्या ७२ हजार ५ सय ६१ जना छन् ।

त्यस्तै आज थप ५४ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ५ : ४१ बजे