साफ यू–१७ च्याम्पियनसिप आजदेखि

विश्वको नवौँ अग्लो स्थानमा म्याराथन आयोजना गर्दै पाँचपोखरी थाङपाल गाउँपालिका

पाँचपोखरी।  पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिले कोरोनाको कारण स्थगित हुन पुगेको चौथो विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन यही कात्तिक २७ गते गर्ने भएको छ ।   

बागमती प्रदेश खेलकुद विकास परिषद् र पाँच पोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिको संयुक्त आयोजनामामा सञ्चालन हुने सो प्रतियोगिताले यस क्षेत्रको पर्यटन एवं खेलकुद क्षेत्रको विकास हुने लक्ष्य राखिएको समितिका अध्यक्ष टासी शेर्पाले बताउनुभयो । 

नेपालका प्रमुख १०० वटा नयाँ पर्यटकीय गन्तव्यहरू मध्येमा पर्न सफल विश्वको नवौँ अग्लो स्थानमा रहेको ताल पाँचपोखरीदेखि रैथाने महादेव मन्दिरसम्म म्याराथन हुनेछ ।

प्रतियोगितामा सहभागी हुन चाहनेले सिन्धुपाल्चोक जिल्लाका लागि २५ सय रुपैयाँ दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । जिल्ला बाहिरका नेपालीहरूका लागि ३५ सय र विदेशी खेलाडीका लागि ८० डलर दर्ता शुल्क लाग्ने जनाइएको छ । प्रतियोगितामा सहभागी हुन चाहने व्यक्तिले कात्तिक १९ गतेसम्म दर्ता गरिसक्नु पर्नेछ । प्रतियोगिताका विषयमा जानकारी दिन भोली बिहीबार त्रिपुरेश्वर राष्ट्रिय खेलकुद परिषद्मा पत्रकार सम्मेलन गरी थप जानकारी दिन लागिएको अध्यक्ष शेर्पाले बताउनुभयो । 
 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ३ : १५ बजे