दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य प्रतितोला रु ६०० ले घट्यो

काठमाडौँ । नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला रु ६०० ले घटेको छ । 

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ ।

पहेँलो धातु मङ्गलवार प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहने छ जसको मूल्य मङ्गलवार प्रतितोला रु ९२ हजार १०० तोकिएको थियो ।

त्यस्तै महासङ्घका अनुसार आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २५० कायम भएको छ । 

चाँदी मङ्गलवार प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ । 

 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १२ : ०० बजे