माथिल्लो मनाङमा हिमपात

एमाले काठमाडौँ महानगर अध्यक्षमा देउला र ललितपुरमा शाक्य चयन

काठमाडौँ ।नेकपा (एमाले) काठमाडौँ महानगरपालिका कमिटी अध्यक्षमा निर्मल देउला चयन हुनुभएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले मङ्गलवार उद्घाटन गर्नुभएको काठमाडौँ महानगर अधिवेशनले कमिटी अध्यक्षमा देउलालाई चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा न्युछेकाजी महर्जन, सचिवमा गणेश श्रेष्ठ, उपसचिवमा सिर्जना भेटुवाल र उपसचिवमा देवेन्द्र खड्गीलाई चयन गरेको छ । 

काठमाडौँ महानगरको कमिटी १०१ सदस्सीय छ ।

त्यस्तैगरी, एमाले ललितपुरका ६ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । १०औँ महाधिवेशन अन्तर्गत मङ्गलवार भएको पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।

एमाले ललितपुर महानगरपालिका कमिटीमा आस्था शाक्य ‘मञ्जली’ अध्यक्ष चयन हुनुभएको छ । 

गोदावरीमा प्रभाकर थापा र महालक्ष्मीमा हरिगोविन्द श्रेष्ठ नगर अध्यक्ष हुनुभएको छ ।  बागमतीमा नवराज सञ्जेल,  महांकालमा पुरुषोत्तम हुमागाईँ र कोञ्जोसोममा कविन्द्र लामा गाउँपालिका अध्यक्ष बन्नुभएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ११ : ४२ बजे