साफ यू–१७ च्याम्पियनसिप आजदेखि

उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज तीन खेल हुँदै

काठमाडौँ । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज तीन खेल हुँदैछ । 

नवलपुरको गैँडाकोट नगरपालिका र हेटौँडा उपमहानगरपालिका पहिलो जितको खोजीमा मैदान उत्रने छन् । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने समूह ‘एफ’ अन्तर्गतको पहिलो खेल जारी छ । 

प्रतियोगिताको सातौँ दिनको दोस्रो खेल दिउँसो १२ बजे समूह ‘जी’ अन्तर्गत पोखरा महानगपालिका र कैलालीको गोदावरी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । 

तेस्रो खेलमा समूह ‘एच’ को धनकुटा नगरपालिका र धनगढी उपमहानगरपालिकाबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ । 

समूह ‘ए’ बाट झापाको कन्काइ नगरपालिका, समूह ‘बी’ बाट ललितपुर महानगरपालिका, समूह ‘सी’ बाट बर्दियाको बाँसगढी नगरपालिका र समूह ‘डी’ बाट झापाको शिवसताक्षी नगरपालिकाले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । 

प्रतियोगितामा सहभागी ३१ टिमलाई १० समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चार टिम र अन्य समूहमा तीन–तीन टिम रहेका छन् । 

प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछन् । उपमेयर कपको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन् । साथै फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : ५८ बजे